गायक प्रवीण बेडवाल र रंगिला बटालाको स्वरमा  'थोरै खुसी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई श्याम लामा र काजी लिम्बुले संयुक्तमा निर्देशन गरेका छन् l गोपाल लोहारको शब्द रचना रहेको गीतमा संगीत वसन्त सापकोटाले भरेका छन् l भिडियोमा  कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको जीवन्त अभिनय देख्न सकिन्छ। श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।