गायक प्रमोद खरेलको आवाजमा "फुल सम्झेर रोए" बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द साथै संगीत रहेको छ । कस्तुप पन्तको आधिकारिक युट्युब च्यानल बाट सार्वजनिक गरिएको भिडियोको गीत रचना कस्तुप पन्तले गरेका छन् l  भिडियोमा  मोडल समीर खान , आरुषी परियार र नवीन गिरीको अभिनय रहेको छ । निशान. एस' के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समीर खानको छ । गीतमा प्रेमील जोडी बिचको प्रेम पछिको बिछोडलाई देखाइएको छ  ।