जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको चलचित्र ‘आरआरआर’को रिलिज मिति घोषणा गरिएको छ l चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्रको  अक्टोबर १३ अर्थात् असोज २७ गतेलाई प्रदर्शन मिति तोकिएको हो । एस् एस् राज मौलीले चलचित्र निर्देशन हुन् l हिन्दी, तमिल, तेलेगु , कन्नड र मलायलम गरी पाँच भाषामा चलचित्रलाई रिलिज गरिने छ l डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् ।