जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको साउथ चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ l   अक्टोबर १३ अर्थात् असोज २७ गतेलाई प्रदर्शनमा आउन लागेको चलचित्रलाइ एस् एस् राज मौलीले निर्देशन गरेका छन  l यहि चलचित्र बाट बलिउड अभिनेत्री आलियाले तेलुगु चलचित्रमा डेब्यु गरेकी छन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाइ डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज हुनेछ । यस अघि एस् एस् राजमौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपरहिट सिनेमा निर्देशन गरेका थिए ।