अनमोल केसी अभिनित चलचित्र ‘कृ’ यतिबेला प्रतिक्षित बनेको चलचित्र हो । रिलिज डेट सरिरहेको ‘कृ’मा अनमोलको लुक्सले गर्दा चलचित्र अझ प्रतिक्षित बनाइरहेको छ । अनमोलले आफ्नो इन्टाग्राम एकाउन्टबाट नयाँ फोटो सार्वजनिक गरेका छन् ।जसमा उनलाई अझ बढि फरक अवतारमा देखाइएको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘कृ’लाई भुवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोलको साथमा मोडल अदिति बुढाथोकीको मुख्य भुमिका रहेको छ ।