हलिउड चलचित्र ‘सेयरिङ ए राइड’नामक चलचित्रमा नेपाली ट्रान्सजेन्डर अञ्जलि लामाले अभिनय गर्ने भएकी छिन् l सबै महिला कलाकारलाई चलचित्रमा समावेश गर्दै विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले चलचित्रको निर्देशन गर्ने छन् l बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज पनि चलचित्रमा रहेकी छिन् l उक्त समाचारलाई विदेशी सञ्चारले उल्लेख गरेको छ l ट्रान्सजेन्डर अञ्जलि लामाले ‘ल्याक्मे फेसन सो’मा समेत सहभागिता जनाइसकेकी छिन् । चलचित्रलाई लिना यादवले निर्देशन गर्ने तयारी गरेकी छिन् । चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ । यी दुई महिला अभिनेत्रीको अलावा चलचित्रमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ ।