दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र "घिन्ताङ"ले कास्टिङ कल सुरु गरेको छ l चार जना बालकलाकारको खोजी गर्दै कास्टिङ कल पोस्टर सार्वजनिक गरिएको छ l ८ वर्षको एक बालिका कलाकार र ४ देखी ८ वर्षका तीन बालकलाकार खोजी गरेको निर्देशक दीपकले जानकारी गराएका छन् l यस चलचित्रमा अभिनेत्री एलिजा गौतम र अभिनेता गौरव पहाडी  मुख्य भूमिकामा देखिँदै छन् l पापी मान्छे २, अजम्बरी माया, जीवन साथी, राम लक्ष्मण, आमाको आशीर्वाद, कृष्ण अर्जुन’ लगायत २ दर्जन भन्दा बढी हिट चलचित्र  निर्देशन गरिसकेका दीपक लामो समयको अन्तराल पछि "घिन्ताङ" लिएर दर्शक सामु आउन लागेका हुन l सामाजिक कथा वस्तुमा निर्माण हुने चलचित्रको केही समय पछि औपचारिक घोषणा गरिनेछ ।