हास्य कलाकार तथा निर्देशक "डिट्ठा साव" किशोर भण्डारीको निर्देशनमा टेलीचलचित्र "हाम्री झ्याउँकिरी" को टिजर सार्वजनिक भएको छ l निर्देशक भण्डारीकै कथा लेखन रहेको टेलीचलचित्रलाई  हाल्फ टाइम क्रिएसनको आधिकारिक  युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l ३ मिनेट १८ सेकेन्डको टिजरमा किशोर भण्डारी , रेश्मा तिमल्सिना 'बुनूँ मैचा', कृष्ण भक्त महर्जनको अभिनय रहेको छ l अछुत जातको भूमिकामा देखिएका किशोर र रेश्माको उक्त टेलीचलचित्रको टिजरले आफ्नो मरेर गएकी श्रीमतीको सम्झनामा बाचेको लोग्नेको दुःख ,माया र प्रेमलाई  देखाइएको छ l दुर्लभ श्रेष्ठको छायाङ्कन , सम्पादन ,कलिरिङ् र ग्राफिक्समा तयार पारिएको टेलीचलचित्रमा किशोर र रेश्माको अलावा कृष्ण भक्त महर्जन, पुष्प अवस्थी,गीता नेपाल ,लीला केसी लगायत कलाकारको अभिनय रहेको छ l    माघ २१ गते बुधवार बाट हाल्फ टाइम क्रिएसनको च्यानल बाट टेलीचलचित्र प्रसारण हुने छ l