सागर लम्साल "बले" र ट्विन्स दिदी बहिनी प्रिज्मा-प्रिन्सी फिचर्ड म्युजिक भिडियो "आएन चाइनाको रेल" रिलिज भएको छ l बलेले आफ्नै लगानीमा निर्माण गरेको उक्त भिडियोको गीतमा आवाज हरि गिरी र बबिना किरातीले दिएका छन् l सागरको अफिसीयल युट्युब च्यानल बले एन्टरटेन्मेन्ट बाट भिडियोलाई सार्वजनिक गरिएको छ l गम्भीर विष्टको निर्देशन रहेको भिडियोको गीत रचना र संगीत गायक हरि गिरी'बिमर्शी' को रहेको छ l नवराज उप्रेतीले भिडियोको छायाङ्कन गरेका हुन l कृष्ण भान्जाको संगीत संयोजन सुकुराम रसाइलीको मिक्सिङ/मास्टरिङ ,नवीन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी भिडियोमा समावेश छ l