सामाजिक सञ्जाल टिकटकबाट प्रतिभा देखाएरै चर्चामा आएकाहरूले म्युजिक भिडियोमा राम्रै अवसर पाइरहेका छन् । यही सूचीमा पर्छन्, ट्विन्स दिदी बहिनी दमन्ता श्रेष्ठ र दीपा श्रेष्ठ ।यी दुईले टिकटकमा नृत्य गरेर भिडियोहरू पोष्ट गरे । जसलाई दर्शकले अत्यधिक रुचाए ।
अहिलेसम्म उनीहरुले टिकटकमा २५ लाख भन्दा बढी फलोअर्स कमाएका छन् ।दीपा र दमन्ताले हिमालय टेलिभिजनबाट प्रसारण भएको चर्चित रियालिटी सो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा पनि सहभागिता जनाइसकेका छन् ।