इनाक्क्षी एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट म्युजिक भिडियो "कुरै बुझ्दैन" (पानी पँधेरो-2) सार्वजनिक भएको छ l गायक भीम विष्ट र गायिका एलीना चौहानको आवाजमा रहेको गीतको शब्द रचना ,संगित र निर्देशन गायक विष्टकै रहेको छ l २२ घण्टा अघि रिलिज गरिएको गीतले युट्युबको ४१ औ स्थान ओगट्नुका साथै गीतको एरेन्ज जीवन बाडु, मिक्सिङ मास्टरिङ श्याम श्वेत रसाइलीको समावेश छ l भिडियोको कलर र सम्पादन डिन्सन शाहले गरेका छन् l भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् l