केही म्युजिक भिडियोमा पछिल्लो समय काम गरेतानी चलचित्रमा भने दर्शकले नदेखेको लामो समय नाघी सक्यो अभिनेत्री रेजिना उप्रेतीलाई l  एक समयकी चर्चित नायिका रेजिना उप्रेती लामो समय अन्तराल पछि चलचित्र 'कसिङ्गर" मार्फत देखिएकी छिन l युट्युबमा रेजिनाको चलचित्र 'कसिङ्गर" सार्वजनिक गरिएको हो l  हलमा रिलिज नगरीकन निर्माण टिमले युट्युब मार्फत चलचित्रलाई दर्शक सामु लेराएका हुन् l चलचित्रमा राजवीर पटेलको कथा, पटकथा तथा निर्देशन रहेको छ lधौलाश्री फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा जगत पटेल कार्यकारी निर्माता र भीमराज पटेल सह–निर्माताको रूपमा छन् ।  चलचित्रमा ओम क्षेत्री, सुशील पोखरेल, रामचन्द्र अधिकारी, सुरविर पण्डित, सुवास नेपाली लगायतका कलाकारको अभिनय छ ।राजन पटेलको सम्पादन, सम्राट् सापकोटाको एक्सन, हरि नारायण चौधरीको छायांकन, दीपक अधिकारी र विक्रम चौहानको कोरियोग्राफी चलचित्रमा  समावेश छ l