दीपेन्द्र खनिया निर्देशित चलचित्र "आमा" युट्युबमा सार्वजनिक भएको छ l शर्मिला पाण्डेको लगानीमा निर्माण गरिएको चलचित्र बुढा सुब्बा डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l खनालले निर्देशन, लेखन तथा छायांकन गरेको चलचित्र ‘आमा’मा एउटी छोरीको संघर्ष, त्याग, बलिदान, मायाका साथै हस्पिटल ड्रामाको विषयलाई उठान गरिएको छ ।

जसमा कलाकारद्वय मिथिला शर्मा र सुरक्षा पन्त आमाछोरीको भूमिकामा देखिएका छन् ।डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा यी दुई कलाकारको अलावा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय देख्न सकिन्छ ।