फाल्गुन २७ महाशिवरात्रीको अब्सर पारेर प्रदर्शनमा आउने भनिएको चलचित्र "लप्पन छपन २" को रिलिज मिति सारिएको छ l मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रको रिलिज मिति सारेर चैत्र २७ लाई पक्का गरिएको हो l चलचित्रको काम नसकिनुका साथै कोरोना महामारीले अप्ठ्यारो पारेकै कारण निर्माण टिमले चलचित्रको मितिलाई पछाडि सारेका हुन् l एक्सन जनरामा निर्माण गरिएको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । स्वदेश सँगै विदेशमा छायाङ्कन गरिएको चलचित्र गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको हो l पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्  । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री लगायत कलाकारको अभिनय रहेको चलचित्रमा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माताको रूपमा रहेका छन् l भने चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् l