निर्देशक मिलन चाम्स चलचित्र "गोर्खा वारीएर" रिलिज अगावै सो चलचित्रको दोश्रो सिक्वेल बनाउने तयारीमा जुटेका छन् l कैलाश एर सँगको सहकार्यमा दोश्रो सिक्वेल बनाउने तयारी गरेका हुन् l सामाजिक सञ्जालमा कैलाश एर सँगको सहकार्य भन्दै ह्यासट्याग "गोर्खा वारीएर २" चाम्सले लेखेका छन् l केही महिना अघि मात्रै चाम्सले चलचित्रको मुभी स्क्रिन टेस्ट भन्दै एक भिडियो सार्वजनिक गरेका थिए l
उक्त भिडियो बाटनै जानकारी हुन्छकी सो चलचित्रले नेपाली वीर गोर्खालीको कथा प्रस्तुत गर्दछ l "गोर्खा वारीएर" को रिलिज मिति घोषणा गरिएको छैन l चलचित्रमा वर्षा सिवाकोटी, विजय लामा , दयाह्याङ राई लगायत कलाकारहरूको अभिनय रहेको छ l