दशौँ नेफ्टा अवार्ड सँग ड्रिम हाइ नेपाल प्राली र एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) जोडिएका छन् l फाल्गुनको २९ गते हुन लागेको नेफ्टा अवार्ड सँग सहकार्य गर्दै शुक्रवार चलचित्र प्राविधिक संघसँग सम्झौता पत्र आदान प्रदान भएको हो l सम्झौतापछिको सहकार्यसँगै नेफ्टा अवार्डको नाम अब 'एलआइसी नेपाल १० औँ नेफ्टा अवार्ड २०७७ भएको छ । एलआइसीका सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले पत्रमा हस्ताक्षर गरेका छन् l टाइटल स्पन्सर एलआइसी, ब्युटी स्पन्सरमा जोय पपैया र सहकार्य पार्टनर काठमाडौँ वर्ल्ड स्कुल नेफ्टा अवार्ड सँग जोडिएका छन् l कोरोनाका कारण अघिल्लो वर्ष स्थगित भएको अवार्डले सुस्ताएको चलचित्र क्षेत्र चलायमान र सकृय बनाउन फाल्गुनको अन्तिम सातालाई अवार्ड सो पक्का गरिएको हो l अवार्डमा २०७५ सालमा वर्षभरि प्रदर्शनमा आएका नेपाली चलचित्रले प्रतिस्पर्धा गर्दै छन् । जुरीले चलचित्रको उत्कृष्ट पाँच मनोनयन छानिसक्दा मनोनयन सार्वजनिक कार्यक्रम यही माघ २४ गते काठमाडौँमा हुनेछ । अवार्ड समारोह भने फागुन २९ गते हुने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको जानकारी दिएका छन् ।