कुनै समय म्युजिक भिडियोमा निकै व्यस्त हुने प्रकृति श्रेष्ठ विवाहपछि अभिनयबाट टाढा भएकी थिइन् । चलचित्र होस्टेल बाट सिने नगरीमा प्रवेश गरेकी प्रकृति अभिनयलाई निरन्तरता दिँदै ठुलो पर्दामा फर्किने भएकी छिन् l चलचित्र रहेको छ 'बिहे पास' l अभिनेता दयाह्याङ राई सँग स्क्रिन सेयर गर्न लागेकी श्रेष्ठको चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्दै छन् l  चलचित्रको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह-निर्मातामा ग्याल्जेन लामा रहेका छन्। चैतको पहिलो साताबाट चलचित्र फ्लोरमा जाने  जनाइएको छ ।