रैला प्रोडक्सनको निर्माण रहेको म्युजिक भिडियो "कान्छी" सार्वजनिक भएको छ l नाजीर हुसेन र सुनिसा बजगाइ फिचर्ड म्युजिक भिडियोको गीतमा आवाज गणेश सेन्चुरीको रहेको छ l गीतको शब्द बुद्ध योञ्जनले कोरेका छन् l मोनिस निरौलाको निर्देशन रहेको भिडियोको सम्पादन कलर र छायाङ्कन सौरव लामिछानेको रहेको छ l निर्देशक निरौलाको संगीत संयोजन , संगीत सापकोटाको कन्सेप्ट र अमृत भट्टको मिक्सिङ मास्टरिङमा गीतलाई तयार पारिएको छ l भिडियोमा नाजिर र सुनिसालाई अभिनयमा सविना कार्की,मोनिस निरौला र महेन्द्र बाठाले साथ दिएका छन् l सार्वजनिक भिडियोलाई द गणेश म्युजिकको आधिकारीक युट्युब च्यानल बाट हेर्न सकिने छ l