कान्तिपुर बाट प्रसारित रियालिटी सो "कमेडी च्याम्पियन २" फाल्गुन २१ बाट प्रसारण हुने भएको छ l लोकप्रियता हासिल गरेको कमेडी सो कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रवार र शनिवार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रसारण हुनेछ l थ्रि प्रोडक्शनको प्रस्तुतिमा तयार भइरहेको यो शोमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायकको रूपमा छन् ।शोको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, राज घिमिरे र रीमा विश्वकर्मा रहेका छन् । सो लाई होस्ट नायिकाद्दय रिमा बिशोकर्मा र सिजन १ का प्रतिस्पर्धी सुमन कोइरालाले गर्दै छन् l राउन्ड अडिसन सकिए सँगै यती बेला फिजिकल अडिसनको काम भइरहेको छ l निर्देशक विशाल भण्डारीले सो लाई निर्देशन गरी रहेका छन् l भने यो सिजन समाप्त हुना साथ उनी डान्स रियालिटी सो को तयारीमा लाग्ने छन् l