केही दीन अघि मात्रै स्क्रिप्ट लक भएको चलचित्र "चिसो मान्छे" यती बेला प्रीप्रोडक्सनमा छ l चलचित्रको मुख्य भूमिकामा नायिकाद्दय स्वस्तिमा खड्का रहेकी छिन् l बाजुराको महिलाको भूमिकामा प्रस्तुत हुन लागेकी स्वस्तिमा यती बेला सोही ठाउँमा बोलिने  भाषाको वर्कसपमा ब्यस्त छिन् भाषाको वर्कसप सकिएपछि चलचित्रका लागि अभिनयको वर्कसप सुरु हुनेछ l  निर्देशक दीपेन्द्र खनालको निर्देशन रहने चलचित्रको लगानीकर्तामा शर्मिला पाण्डे रहेकी छन् l  फाल्गुनको दोश्रो साता बाट फ्लोरमा जाने चलचित्रको लोकेसन स्थल बाजुरा रहेको छ l भाषाको वर्कसप सकिए लागतै निर्माण टिमले अभिनयको वर्कसप भने लोकेसनमै गएर गर्ने तयारी गरेका छन् l चलचित्रलाई आउँदो वर्षको तीजमा रिलिज गर्ने तयारी निर्माताको छ ।  अभिनेता अर्पण सँग चलचित्रमा जोडी बाधेकी स्वस्तिमाले  केही समय अघि रङगमन्च सँग पनि नाता गाँसेकी थिइन l उनी अभिनीत "पलपसा क्याफे" थिएटरमा आगामी नाटक मञ्चनको तयारीमा रहेको छ l