पछिल्लो समय महिला केन्द्रित चलचित्रमा निर्माण तथा निर्देशनमा सक्रिय रहेकी अभिनेत्री रेखा थापा नयाँ चलचित्रको तयारीमा छिन् l वैशाखबाट फ्लोरमा जाने नयाँ चलचित्रको केही खबर बाहिरीएतानी उक्त चलचित्रको नाम भने खुलाइएको छैन l केही समय अघि उनले सोही चलचित्रको लागी तौल घटाएकी थिइन l रेखाको अनुसार चलचित्र गत वैशाखबाट छायांकन सुरु गर्ने भनेका थियौँ । तर कोरोना महामारीको कारण चलचित्र फ्लोरमा जान सकेन । गत भदौमा फ्लोरमा जाने भने तापनि परिस्थिति अनुकूल नभएको कारण आगामी वैशाखबाट छायाङ्कनमा जाने योजना चलचित्र टिमले बनाएका छन् । चलचित्र हिम्मतवाली बाट निर्देशनमा हात हालेकी उनले आफ्नो स्टारडमले दर्शकलाई हल सम्म तान्न सफल भएकी छिन् l हालसम्म २ सय भन्दा बढी चलचित्रमा काम गरिसकेकी थापा नेपाली सिनेमा क्षेत्रमा लेडी हिरोको रूपमा पनि परिचित छिन् l