नायिका  करिश्मा मानन्धरले चलचित्र निर्माण गर्ने भएकी छिन् l छोरी कविता मानन्धरलाई चलचित्रको मुख्य पात्र बनाउँदै  करिश्माले चलचित्र "वनवास " निर्माण गर्ने भएकी हुन् l अभिनेता सरोज खनाल र कविताको जोडी बाँध्ने वनवासको निर्देशन सुशील छेत्रीले गर्दै छन् l वैशाख बाट काम सुरु हुने उक्त चलचित्र  कविताको डेब्यु चलचित्र भने हैन l यस अघि उनले अभिनेता शिव श्रेष्ठको चलचित्र 'एउटा यस्तो प्रेम काहानी' गरेकी थिइन l यो चलचित्र नै कविताको डेब्यु चलचित्र थियो l  चलचित्र रिलिज भैसकेको छ l तर सो चलचित्र बाट कविताको सुखद डेब्यु बनेन l उनलाई पहिलो गास्मै ढुङ्गा पर्‍यो l कोरोनाले त्रसित पारीरहदानै प्रदर्शनमा आएको चलचित्र दर्शकको नजरमा परेन l डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने विषयमा सकारात्मक थिइनन् । आफ्नै प्रोडक्सनमा चलचित्र निर्माण गर्न लागेकी करिश्माले यस अघि चलचित्र "फागु" निर्माण गरेकी थिइन l जुन बक्स अफिसमा असफल भएको थियो ।