नेपाल टेलिभिजन बाट प्रसारित लोकप्रिय रियालिटी सो "नेपाल स्टार"को उपाधि एलिना गुरुङले हात पारेकी छिन् l पोखराकी गुरुङले अन्य तीन प्रतिस्पर्धीलाई पछी विजेताको पुरस्कारमा ३५ लाख रुपैयाँको चेक र एक करोड रुपैयाँको जीवन बिमा पाएकी छिन्। त्यसै गरी उपविजेता बनेका सुरेश लामा, सन्देश बम्जम लामा र लक्ष्मण लिम्बुले भने जनही पाँच लाख रुपैयाँको चेकसहित ५० लाख बराबरको जीवन बिमा प्राप्त गरेका छन्।  आफ्नो पोल्टामा हालेकी हुन् l रामकृष्ण ढकाल, अन्जु पन्त र आलोकश्रीले यस् सो मा जजको भूमिका निभाएका थिए l  सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट लगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका छन्। काठमाडौँमा शनिवार सम्पन्न भएको सो ले दर्शकको भोट्को आधारमा विजेतालाई छानेको थियो l