अभिनेता सौगात मल्ल चलचित्र निर्माण तिर धकेलिएका छन् l चलचित्र  ‘दि सेक्रेट्स अफ राधा’ सौगातले निर्माण गर्न लागेका हुन् l चलचित्र सौगात आफैनै मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् l चलचित्रको अन्य पात्र र कथा बस्तु भने खुलाइएको छैन l साथै यती बेला ‘दि सेक्रेट्स अफ राधा’को धमाधम वर्कसप भइरहेको छ l चलचित्रलाई सौगात मल्लले निर्देशक सुवर्ण थापासँग मिलेर निर्माण गर्न लागेका हुन् ।  ‘सुनगाभा, फन्को लगायत चलचित्रहरू निर्देशन गरिसकेका छन् l  आदियोगी भिजन र सुवर्णको ब्यानरमा बनाउन लागिएको चलचित्रको केही समय पछि पत्रकार सम्मेलन गरेर घोषणा गर्ने बताइएको छ l माघको अन्तिम सातादेखि चलचित्रको छायांकन सुरु हुने श्रोतले खुलाएका छन् l