गायिका अञ्जु पन्तले विवाह गर्ने तयारी गरेकी छिन् l प्रेमी थिर कोइराला सँग विवाह गर्ने लागेकी अन्जुले एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी थिइन l मनोजराजले कृष्णा सिवाकेटीसँग विवाह गरिसकेका छन् भने एक सन्तान पनि भइसकेको छ । केही वर्ष देखी एक अर्काको प्रेममा रहेकी अन्जु आफैँले विवाह गर्न लागेको बताएकी हुन् l अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।विवाहका लागि दुवैतर्फ कुराकानी भइसकेको भएपनि कहिले विवाह गर्ने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।
इलाम घर भएका थिरले अञ्जुको आवाजमा समावेश भएका केही गीतहरूको रचना गरेका छन् l मनोजराजसँग डिभोर्स पस्चात अञ्जु क्रिस्चिएन धर्ममा लागेकी थिइन l भने थिर पनि सोही धर्ममा विश्वास राख्दछन् l केही समय अगाडी अञ्जुको विवाहको खबर सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको थियो l