गएराती लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा अभिनेत्री सुष्मा कार्की उजुरी दिन पुगेकी छिन् । दरबारमार्ग पुलिस चौकीमा उजुरी दिएकी सुष्माले नायिका श्वेता खडका साथै उनकी बहिनी आरती खड्का र संचारकर्मी उत्सव रसाइलीको नाममा उजुरी दर्ता गरेकी हुन् l श्वेताको भाईको एनिभर्सरी मनाउन पुगेका संचारकर्मी उत्सव रसाइली सँग  जात भातको कुरा गरेपछि यी दुई बिच विवाद उत्पन्न भएको थियो l सोही विवादमा उत्सवको पक्ष लिँदा अभिनेत्री श्वेताकी बहिनी पनि उक्त विवादमा मुछिन् l श्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको सुश्माले जाहेर गरेकी छिन् l सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए । श्रोतका अनुसार अभिनेत्री सुष्मा कार्की रक्सीको मात्रामा चुर रहेको बुझिएको छ l यसो त अर्कातिर अभिनेत्री सुष्मा कार्कीले आफ्नो कुनै पनि गल्ती नभएको बताएकी छिन् l आफू सँग भएको भिडियो रेकर्डले सबै कुरा छर्लङ्ग पार्ने कार्कीको भनाइ छ l