चलचित्र "कृष्ण लीला"को रिलिज मिति तय भएको छ l नयाँ वर्षको छेउ पारेर निर्माण टिमले चैत्र २७ लाई तय गरेका हुन् l निर्देशक दीपक ओलीको निर्देशन रहेको चलचित्रमा अभिनेता पुष्प खड्का र श्रद्धा छेत्रीको मुख्य भूमिका रहेको छ l निर्देशक ओलीको  र लक्ष्मण सुवेदीको कथामा तयार पारिएको चलचित्रलाई आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता र निर्मातामा  प्रकाश कार्की र केवल तामाङ छन् । बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरूको अभिनय रहेको चलचित्रलाई शिव ढकालले खिचेको छन् l चलचित्रको सम्पूर्ण छायांकन इलाम र झापाको विभिन्न स्थानमा गरिएको छ ।