गायक अर्जुन पोख्रेल र सुजता केसीको आवाजमा गीत "सही हो सही हो" सार्वजनिक भएको छ l दी डिभाइन युट्युब च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ l यादव लम्सालको शब्द रचना रहेको गीतमा संगीत तथा संगीत संयोजन गायक पोख्रेलकै रहेको छ l दुर्गेश थापा , जिवेस गुरुङ, गीता ढुंगाना र श्रया सिटौला भिडियोमा फिचर्ड छन् l रामजी लामिछानेको निर्देशन र कोरीयोग्राफीमा तयार पारिएको भिडियोको सम्पादन अर्जुन जिसीको रहेको छ l भिडियोको दृश्य सौरभ लामा कैद गरेका छन्