फाल्गुन २१ गते बाट देशभर चलचित्र "गोर्खे "प्रदर्शनमा आउने भएको छ l किम्मत गौतमको निर्देशन रहेको चलचित्रलाई कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति साथै तीर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्रले ५ युवा र उनीहरुले देखेको सपनालाई प्रस्तुत गर्ने छ l सौरभ लामा र नीरज कँडेलको संयुक्तमा चलचित्रको छायांँकन गरिएको छ l पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौँ लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा  रवीन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी लगायतको अभिनय रहेको छ l चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् l  मित्र डी गुरुङको सम्पादन,हिमाल केसीको द्वन्द्व,छिन्दु पाख्रिन र हरि लम्सालको संगीत चलचित्रमा समावेश छ l