चलचित्र "२ नम्बरी"को छायाङ्कन चलिरहँदा लकडाउनका कारण बिचैमा रोक्नु परेको थियो l बिचैमा रोकिएको चलचित्रको छायांकन चैत्र १५ बाट हुने भएको छ l छायांकन चैत्र १५ गतेबाट घान्द्रुकबाट सुरु हुने बताइएको छ । यो सँगै चलचित्रमा सांसद दीपक मनाङे पनि जोडिएका छन् l प्रस्तुतकर्ता किरण नेपालीले दीपक आफ्नो टिम सँग जोडिएको बताएका हुन् l निर्माताको रूपमा जोडिएका दीपकले दोश्रो पटक चलचित्रमा लगानी गरेका हुन् l यस अघि उनले चलचित्र पोइ पर्‍यो काले निर्माण गरेका थिए l यो चलचित्रले बक्स अफिसमा सन्तोषजनक व्यापार गर्न सकेन l दयाहाङ राई, पल शाह, नायिका वर्षा राउतको साथमा भुटानकी नायिका उगेन छोदनको चलचित्रमा मुख्य भूमिका रहेको छ। साथी बिचको कथालाई प्रस्तुत गर्ने चलचित्रलाई ड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गर्न लागिएको हो l चलचित्रको निर्माता रोहित कट्टेल र सरोज नेपाली छन् भने कार्यकारी निर्मातामा रत्न श्रेष्ठ रहेका छन् l