चलचित्र "डिसेम्बर फल्स"को यती बेला धमाधम छायाङ्कन भइरहेको छ l निर्देशक प्रवीण झाले यस चलचित्रको स्क्रिनमा नायक आर्यन सिग्देल र उपासना सिंह ठकुरीलाई बाधेका छन् l माघको चिसो महिना त्यसमा पनि चलचित्रको छायाङ्कन पोखरामा l तर पनि अभिनेता आर्यनले यस चिसो मौसममा पनि आफूले सुटमा रमाइलो लिइरहेको बताएका छन् l ‘छायाङ्कनको तेश्रो दिन । फेवातालको छेउमा निकै चिसो भइरहेको छ । तर, हामी छायाङ्कनमा रमाइरहेका छौ ।’ एक तस्बिर सार्वजनिक गर्दै उनले यस बारे जनाएका हुन् l सार्वजनिक तस्बिरमा आर्यन र उपासना एक अर्काको अँगालोमा बाँधिएका छन् । राम प्रसाद रिजालको प्रस्तुतिमा राजकुमार भट्ट निर्माता रहेको चलचित्र पटकथा तथा संवाद केदार भुषालले तयार गरेका हुन् । रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अर्को वर्ष (२०७८) साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।