विगत दुई वर्ष अगाडी कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने लोकप्रिय हास्य टेलीसिरियल डिट्ठा साव बन्द भएपछि सुस्ताएका हास्य कलाकार किशोर भण्डारी नयाँ सिरियल लिएर दर्शक माझ आएका छन् l "हाम्री झ्याउँकिरी" नामक टेलिसिरियल लिएर आएका हुन् l सिरियल आज बाट प्रसारणमा आउने भएको छ l आज बेलुका ५ बजे प्रसारण गरीने सिरियल हाल्फ टाइम क्रिसएनको युट्युब च्यानल बाट हेर्न सकिनेछ l भण्डारीको निर्देशन र कथामा बनेको सिरियलमा कृष्णभक्त महर्जन,किशोर भण्डारी,रेश्मा तिमल्सिना' गीता नेपाल लगायत कलाकारहरूको अभिनय रहेको छ l आज सिरियलको पहिलो भाग प्रसारण भएको हो l