समसामयिक विषयहरूमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकार हुन् दीपकराज गिरी ।  प्राय आफ्ना मनका कुण्ठाहरू रमाइलो पारामा दीपकले सामाजिक सञ्जालमै पोख्ने गर्दछन् l फेसबुकमा उनले लेख्ने स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् ।  दीपकले आज मात्रै प्रधानमन्त्री  केपी शर्मा ओली र प्रचण्डलाई लक्षित गर्दै एक स्ट्याटस लेखेका छन् l संसदीय विघटनका कारण अहिले देशमा देखिएका समस्या र ती समस्या जनताले झेल्नु परेको दीपकले आरोप लगाएका छन् l उनी लेख्छन् : भोलि प्रचण्ड समूहको आमहड्ताल रे पर्सी प्रधानमन्त्री ओलीको शक्ति प्रदर्शन l जनताले गरीखा भनेर सत्तामा पठाएको घुमिफिरी जनतालाई दुःख दिन सडकमै आए !

cine pati