आफू माथि कुटपिट र गालीगलौज भएको भन्दै अभिनेत्री सुष्मा कार्कीले हिजो दरबारमार्ग  प्रहरी चौकीमा संचारकर्मी उत्सव रसाइली अभिनेत्री श्वेता खड्का र आरती खड्कालाइ उजुरी दर्ता गरेकी थिइन l काठमाण्डौको पव क्याफेमा भएको उक्त विवादका कारण मंगलबार पुलिस चौकीमा सुष्मा र केही संचारकर्मीको उपस्थिति रहेको थियो l एकातिरको उपस्थिति रहेता नि अर्कातिर उत्सव,  श्वेता र आरतीको भने उपस्थिति थिएन l सोही कारणले गर्दा आज बुधवार पनि दीनभर प्रहरी वृत्तमा छलफल जारी थियो l साथै यो विवाद सहमतिमा टुंगिएको छ । उत्सवले मिडियाकर्मी सामु सुष्मालाई माफी मागेका छन् l केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमति पनि भएको बताए । ‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्वीकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’ भन्दै मिडियासामु सुष्माले बताएकी छिन् l