कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे सानो पर्दामा पुनः फर्किने भएका छन् l ‘म त मर्छु कि क्या हो’मार्फत उनीहरू पर्दामा फर्किन लागेका हुन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि सिताराम र कुञ्जनालाई दर्शकले धुर्मुस र सुन्तलीको नामले चिन्न थालेका हुन् । वेब सिरिज निर्माण गर्न लागेका धुर्मुस सुन्तलीले केही समय अघीनै यस बारे जानकारी दीन धुर्मुस सुन्तली ब्याक अगेन टाइटल पोस्टर सार्वजनिक गरेका थिए l सिताराम र कुञ्जनाकै लेखन तथा निर्देशनमा निर्माण हुनलागेको सिरिजमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमीला खनाल लगायतका कलाकारको अभिनय छ । चाडै नै आफ्नै युट्युब च्यानलमार्फत यो सिरिज सार्वजनिक गर्ने उनीहरूको तयारी छ ।