२०१३ बाट सुरु गरिएको 'अनानिक ब्युटी सलोन' चौथो आउटलेटको ओपनिङ्ग पूर्व युवराज्ञी हिमानी शाहले गरेकी छिन् । गत बुधवार ओपनिङ गरिएको पुलचोक स्थित लभीम मल्मा हिमानीले रिबन काटेर उद्घाटन गरेकी हुन् l पहिलो आउटलेट माल्भिका सुब्बाले ओपनिङ्ग गरेको सम्झँदै संस्थापक राई भन्छन्,' मलाई एक पटक हिमानी शाहलाई अनानिकको सेवा दिने र उहाँको हातबाट सुरुवात गर्ने सपना थियो । त्यो सपना यति बेला पुरा भएको छ । ' संस्थापक सुर्विन राईले खोलेको उक्त 'अनानिक ब्युटी सलोन'अहिले हरेका आमनागरीक र सेलेब्रेटीको नजरमा परेको छ l क्यानडा बाट सुरु हुँदै नेपाल सम्म आइपुगेको 'अनानिक' ले हाल सम्म चार वटा आउटलेटको ओपनिङ गरी सकेको छ भने साथै पाचौ आउट्लेटलाइ पनि खोल्ने तयारी भइरहेको छ l