चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन समापन भएको छ l रेनशा बान्तवा राईको निर्देशन रहेको चलचित्रको छायांकन ५५ दीनमा समापन गरिएको हो l अभिनेता धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र डान्सको कथामा आधारित रहेको छ l यो चलचित्रबाट १२ जना नयाँ अनुहारले डेब्यू गर्दै छन् ।काठमाडौँ, धरान, ललितपुर लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नेपालका चर्चित डान्स ग्रुपहरूको समेत नृत्य हेर्न सकिने बुझिएको छ । नेपालमा डान्सकै कथामा आधारित रहेर कमै मात्र चलचित्र बनेका छन् । यसैले पनि कोरियोग्राफीमा सफल भएर चलचित्र निर्देशनमा पाइला राखेकी रेनशाको यो चलचित्र दर्शकका लागि प्रतीक्षामा छ ।आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रज्जवल शमशेर जबराको लगानी रहेको छ l रेनशा बान्तवा राईले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ निर्देशन गरेर चर्चा पाएकी थिइन् ।