गायिका अञ्जु पन्तको बिहेको चर्चाले केही समय देखी मिडियामा राम्रो स्थान पाइरहेको छ l थिर कोइराला सँग बिहे गर्ने लागेको खबर ले बारम्बार मिडिया तताइ रहँदा पनि यो खबर पक्का हो या होइन भन्ने चाही निश्चित भैसकेको थिएन l तर यो बारे अञ्जुका दुलाहा बन्न लागेका थिर आफैँले यो कुरालाई सत्य साबित भएको जानकारी दिएका छन् l सामाजिक सञ्जालमा अञ्जु सँगको तस्बिर सार्वजनिक गर्दै अब एक हुने तयारी रहेको थिरले बताएका छन् l केही वर्ष देखी एक अर्काको प्रेममा रहँदै आएका अञ्जु र थिर क्रिस्चिएन धर्ममा विश्वास राख्छन् l मनोजराजसँग डिभोर्स पस्चात अञ्जु क्रिस्चिएन धर्ममा लागेकी थिइन l अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।