पवित्रा म्युजिक युट्युब च्यानलले नयाँ म्युजिक भिडियो "ओके माया" सार्वजनिक गरेको छ l अस्मिता अधिकारी र अर्जुन मिश्रको आवाज रहेको गीतको शब्द र संगीत गायक मिश्रकै रहेको छ l काजिस श्रेष्ठले भिडियोको कोरीयोग्राफी र निर्देशन गरेका छन् l  अनुभव रेग्मी र ट्विन्स् मेघा र वर्षालाई भिडियोमा फिचर्ड गरिएको छ l बाल कलाकार अमृत सुबेदीलाई पनि भिडियोमा देख्न सकिने छ l विनोद बाम ले भिडियो सम्पादन र कलिरिङ् गरेका छन् l राजेश घिमिरेको छायाङ्कन रहेको छ l