कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । यसै बिच गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना गरिएको थियो l सो टुर्नामेन्ट हिजो समापन भएको छ l  नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको थियो । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गरेका छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा भएको थियो l धुर्मुस ए र बि र सुन्तलीको ए र बि गरी दुई दुई टिम विभाजन गरिएको थियो l पहिलो खेलमा धुर्मुस र सुन्तली ए र बि ले आफैँ आफैँमा प्रतिस्पर्धा गरे l पहिलो खेलमा धुर्मुस को ए टिमले विजयी गर्‍यो l अर्का तर्फ सुन्तलीको टिम ए ले विजयी प्राप्त गर्‍यो l साथै दोश्रो पटकको खेलमा धुर्मुस र सुन्तली बिच प्रतिस्पर्धा रह्यो l दोश्रो पटकको खेलमा भने सुन्तलीको टिमले विजयी गर्‍यो l विजयी टिमले रु पाच् लाख पाएका थिए l सो पाच् लाख रुपैयाँ टिमले रङ्गशालालाई हस्तान्तरण गरेका छन् l धुर्मुसको टिममा ज्ञानेन्द्र मल्ल , सुनिल थापा , प्रमोद खरेल स्मिता दाहाल लगायत रहेका थिए l सुन्तली तर्फ बाट प्रकाश सपुत , राम कृष्ण ढकाल लगायत रहेका थिए l