चलचित्र ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर सो सम्पन्न गरिएको छ । पूर्णेन्द्रकुमार झाको निर्देशनमा बनेको चलचित्र ‘संरक्षण’को प्रिमियर सोमा कलाकारहरु मलिना जोशी, प्रमोद अग्रहरी,अशिष्मा नकर्मी,राज कटुवाल, सुसान्त श्रेष्ठ लगायतको उपस्थिती थियो । प्रिमियर सोमा कलाकारको साथै दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मधेशको राजनिती अवस्थालाई चित्रण गरेको चलचित्र ‘संरक्षण’ले प्रिमियर सोबाट राम्रो प्रतिक्रिया पाएको छ । यस चलचित्रमा पहिलो पटक निखिल उप्रेती र सौगात मल्ल एकसाथ देखिँदैछन् ।चलचित्रमा कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, रमेश रंजन झा,कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तवले निर्माण गरेका हुन् ।