" तिम्रो मेरो साथ" को छायाङ्कन यती बेला धमाधम भइरहेको छ l चलचित्रको मुख्य भूमिका अभिनेत्री साम्राज्ञी शाह र पुष्प खड्का रहेका छन् l छायाङ्कनको क्रममा रहेको चलचित्रको स्थल बाट अभिनेत्री शाहले एक तस्बिर सार्वजनिक गरेकी छिन् l सेतो गाउन लगाएकी शाह तस्बिरमा एकदमै राम्री देखिएकी छन् l उक्त तस्बिर सार्वजनिक गरेकी साम्राज्ञीले सेतो गाउनमा आफूलाई राजकुमारी फिल भएको बताएकी छन्। प्रेमकथाको विषयमा निर्माण भइरहेको चलचित्रलाई निर्देशक रमेश एमके पौडेलले निर्देशन गरिरहेका छन् l आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रमा सबिर श्रेष्ठको पटकथा र संवाद रहेको छ। साम्राज्ञी र पुष्प खड्काको अलवा चलचित्रमा सरोज खनाल, सन्दीप क्षेत्री, खबपु, इमिली लामाको मुख्य भूमिका रहेको छ ।