अभिनेत्री करिश्मा मानन्धरले आफ्नो जीवनका विभिन्न पाटाहरूलाई समेटेर आत्मकथा बजारमा लेराउने भएकी छिन् l आउँदो नयाँ वर्षलाई मध्यनजर राख्दै उनले वैशाख १ गतेलाई पुस्तक बजारमा ल्याउने योजना बनाएकी हुन् l यती बेला पुस्तक लेख्ने काम भइरहेको छ l वैशाख १ गते सम्म पुस्तक  डिजाइन, प्रिन्टिङ गरी बजारमा लेराउनुका साथै फाल्गुन भित्र किताब लेखी सक्ने बताएकी छिन् l विगत ४ वर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफूले अभिनयमा बिताएका, अभिनय क्रममा महसुस गरेका र सोचेका विभिन्न विषयवस्तुहरू समेट्न लागेकी हुन् । आफ्नो जीवनका उतारचढाव समेत किताबमा समेटिने उनले बताइन् ।नेपाली चलचित्र क्षेत्रमा सदवहार अभिनेत्रीको रूपमा परिचित उनी अहिले पनि अभिनयमा क्रियाशील छिन् । हालै उनले एक चलचित्र निर्माण गर्ने घोषणा पनि गरेकी थिइन l "वनवास" निर्माण गर्न लागेकी करिश्माले छोरी कवितालाई मुख्य भूमिकामा प्रस्तुत गर्ने तयारी पनि रहेको छ l