चैत्र २७ बाट प्रदर्शनमा आउने चलचित्र "लप्पन छपन २" को टिजर सार्वजनिक भएको छ l मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रको टिजरलाई केही समय अघि ओ एस् आर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l केही सेकेन्डको उक्त टिजरमा अभिनेता सौगात मल्लको भूमिकालाई देखाइएको छ l एक्सन जनरामा निर्माण गरिएको चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको रहेको छ । स्वदेश सँगै विदेशमा छायाङ्कन गरिएको चलचित्र गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको हो l
पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री लगायत कलाकारको अभिनय रहेको चलचित्रमा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माताको रूपमा रहेका छन् l भने चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् l