सुनिशा बजगाईँ र शिशिर भँडारी फिचर्ड म्युजिक भिडियो "मुरली तिरिरी" सार्वजनिक भएको छ l बेनिशा पौडेल, आयुशमान चापागाईँ र शिशिर भँडारीको आवाज रहेको गीतको शब्द दीपक राज पाठक र गायक तथा कलाकार भँडारीले मिलेर कोरेका छन् l गीतको संगीत पनि भँडारीकै रहेको छ l सुनिशा र शिशिरलाई अभिनयमा "जिरे" ईशान राउत,श्रद्धा गौतम,लक्ष्मण अधिकारी ,अनुरोध भँडारी लगायतले साथ दिएका छन् l
सन्तोष राजवाहकको निर्देशन ,डिन्सन शाहको सम्पादन , संगीत संयोजन कुशल सिंह र ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाङ्कनमा भिडियोलाई तयार पारिएको छ l