विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ l ‘अनसङ हिरो’ तेन्जिङले सर एन्मन्ड हिलासीसँग पहिलो पटक सगरमाथा आरोहण गरेको कथा र हिलारीसँगको सहकार्यबाट इतिहास रच्नुसम्मको यात्रा चलचित्र समेटिएर बनाइने भएको हो l यस चलचित्रलाई अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले निर्माण गर्ने भएका हुन् l  बाफ्टा विजेता लुके डेभिसले एड डउल्गासले लेखेको ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्रको स्क्रिप्ट तयार गरेका हुन् ।हायर ग्राउन्डको प्रोडक्सनमा बन्ने फिचर फिल्म ‘तेन्जिङ’लाई जेनिफर पिदोम र लुक डेभिसले निर्देशन गर्ने भएका छन्।  ओबामाको यस चलचित्र ‘तेन्जिङ’ नेटफ्लिक्सबाट सार्वजनिक हुनेछ। डेभिस र जेनिफरले फिल्मको सह निर्माण रहेको चलचित्रमा डेभिड मिछोड र नोर्बु तेन्जिङ नोर्गे  कार्यकारी निर्माता हुनेछन् । यो चलचित्रको छायांकन सगरमाथा मानै गरिनेछ l