लकडाउनपछि चलचित्र ‘हुतुतु’ साइन गरेका पल केही समय अघि घोषणा गरिएको चलचित्र "सत्यम" मा पनि अनुबन्धित भएका छन् l शंकर कार्कीको निर्देशन रहने चलचित्रमा राजेश हमाल , अनुप विक्रम सँगै पल पनि देखिने भएका हुन् l चलचित्रमा  एन्ट्री भएका पलको भूमिका भने खुलाइएको छैन ।  यस चलचित्रमा अन्य कलाकारको पनि खोजी भइरहेको छ l चलचित्रका लागि देशका विभिन्न स्थानमा अडिसन पनि भइरहेको छ । अडिसनमा उल्लेख्य मानिसहरूको सहभागिता रहेको निर्माण टिमले बताएका छन् l चैत्र बाट फ्लोरमा जाने चलचित्रको मुख्य स्पट पोखरा रहेको छ l  निर्माता रेसम सापकोटाको कथा रहने रहने चलचित्रमा दुर पाण्डेको छायांकन, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एसोसिएट निर्देशक सुवास सुवेदी, सह-निर्देशकहरुमा रामकुमार श्रेष्ठ र शान्ति तामाङ रहनेछन्। चलचित्रमा कुटुम्ब ब्यान्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहनेछ। चलचित्रमा अष्ट महर्जनको एक्सन रहनेछ।