पछिल्लो समय चलचित्र निर्माताहरू चलचित्र निर्माण त छदै छ , त्यो भन्दा पनि निर्देशन तिर बढी आकर्षित भइरहेका छन् l निर्देशन गर्न आवस या नआवस तर नामको अगाडी भने निर्देशक राख्ने ट्रेन्ड यती बेला निर्माताहरूमा चलिरहेको छ l सोही ट्रेन्डमा थुप्रै निर्माताहरुले आफूलाई धकेली रहेका छन् l प्रसँग रह्यो निर्माता अर्जुन कुमार l उनी पनि अब चाडै नै निर्देशक बन्ने तयारी गरी रहेका छन् l चलचित्र "गोरे सार्की" मा निर्देशकको ट्याग राख्ने तयारी गरेका कुमारले ‘चपली हाइट, फिट्किरी, फाटेको जुत्ता’ लगायतका चलचित्र निर्माण गरी सकेका छन् l यसो त उनले निर्माण गरेको चपली हाइट,३ रिलिजको तयारीमा छ l थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्रको कथा फाइनल भइसकेको छ l आउँदो वर्षको जेष्ठ बाट फ्लोरमा जाने चलचित्रले यती बेला कलाकारको खोजी गरीरहेको छ l