अरुण खड्काको निर्देशन तथा निर्माणमा बन्न लागेको चलचित्र ‘फटाह फणीन्द्रे’ मा अभिनेत्री सुश्मा कार्की मुख्य भूमिकामा अनुबन्धित भएकी छन् l श्री राम बालाजी फिल्म्स र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा विक्रम सिंह गुरुङ निर्माता र नेत्र विष्ट कार्यकारी निर्माताको रूपमा छन् l चलचित्रमा सुश्माको अलावा छुल्ठिम गुरुङ र कलाकार रोहित रुम्बालाई पनि अनुबन्धित गरिएको छ । चलचित्रको शिर्ष भूमिकामा कलाकार कर्मा श्रेष्ठले काम गर्ने पक्का भएको छ lअपराधको कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गर्न लागिएको चलचित्रको कथा उत्तम केसीले लेखेका हुन् l चैत्र बाट फ्लोरमा जाने यस चलचित्र बाट निर्देशक खड्काले निर्देशनमा डेब्यु गर्न लागेका हुन् l चलचित्रमा हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको पटकथा तथा संवाद रहेको छ ।