अभिनेत्री एलिजा गौतम चलचित्र 'घिन्ताङ' बाट बाहिरिएकी छिन् l अभिनेता गौरवको अपोजिट्मा केही समय अघि अनुबन्धित भएकी एलिजाले चलचित्र साइन पनि गरी सकेकी थिइन l क्यानडामा रहेका आफ्ना बाबु बिरामी भएपछि क्यानडा जानु पर्ने साथै चलचित्रलाई समय दीन नसके पछि उनी बाहिरिएकी हुन् l फाल्गुन बाट फ्लोरमा जाने तयारी गरिरहेको चलचित्रलाई निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्ने छन् l एलिजाले  बिचमा आएर चलचित्र छोडेको कारण यती बेला दीपक श्रेष्ठ नयाँ अभिनेत्रीको खोजीमा छन् l लामो समयको अन्तराल पछि चलचित्र निर्देशनमा फर्किएका दीपकका ‘पापी मान्छे, हिम्मत’ लगायतका चलचित्र बक्स अफिसमा सुपर हिट छन् l